सारांश
काठमाडौं / नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराते महासंघका सह–महासचिव ओमकृष्ण प्रसाईंको उपस्थितिमा सदस्य–सचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराएका हुन् ।
राखेपले गत बिहीबार करातेका संस्थापक मध्येका एक एवं राखेपका पूर्व सदस्य–सचिव लामाको अध्यक्षतामा २१ सदस्यीय नेपाल कराते महासंघ केन्द्रीय कार्यसमिति, तदर्थ समिति गठन गरेको थियो ।