Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

विपन्न र गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणको पहुँचमा ल्याउनुपर्छ : गर्भनर


सारांश

विपन्न र गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणको पहुँचमा ल्याउनुपर्छ : गर्भनर
images

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्तिले ऋणको पहुँचमा आउन नसकेको बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनलले देशका धेरै समुदायहरुको ऋणमा पहुँच नभएको र ऋणमा पनि  सबैजनाको हक लाग्ने बताएका हुन् । 

उनले भने, ‘हामी भूइँचालोबाट आयौं, कोभिडबाट आयौं । हाम्रो देश धेरै विविधता भएको देश हो । यहाँ धेरै समुदायहरु छन् तर लोनमा सबैको पहुँच छैन् । साना किसान जस्ता कार्यक्रहरु गरिरहेको छ ।

हाम्रा देशमा विपन्न, गरिवीमा रहेकाले ऋण सजिलोसँग पाएका छैनन् । व्याज धेरै महङगो तिरिहरेका छन् । ऋणमा सबैजनाको हक लाग्नुपर्छ ।’

उनले  ऋण प्रवाह गरेअनुसार सबैलाई माथि लैजान नसकेको पनि बताए ।

‘हामीले जुन रुपमा ऋण प्रवाह गर्छौं । त्यसलाई सबैलाई माथि लैजाओस् । समस्या यहाँ के छ भने त्यो दर्शनमा काम पनि गरेको हो । तर चाहे अनुरुप काम भएन,’ उनले भने ।

यस्तै, उक्त कार्यक्रममा उद्योगपति शेखर गोल्छा आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा आफ्ना धारणा राखेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij