सारांश
काठमाडौं । तक्मे प्रोडक्सनको ब्यानरमा चलचित्र ‘मैझारो’ निर्माण हुने भएको छ ।
कलाकार विल्सन विक्रम राइको डेब्यू निर्देशनमा तयार हुन लागेको चलचित्र ‘मैझारो’का लागि मुख्य कलाकारहरू फाइनल भएका छन् ।
यो चलचित्रको निर्माणपक्षले नायकमा धिरज मगर चलचित्रमा नायिकामा मिरुना मगरसँग संझौता गरेको छ ।
विल्सनकै कथा रहने यो चलचित्र साउनको पहिलो साताबाट इलाम र पाँचथरमा खिचिनेछ ।