सारांश
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज पोखरामा बस्दैछ ।
बैठकमा नेपाल टी २० लिग प्रतियोगितामा भएको खर्च विवरण, सीआईबीले दिएको जानकारी र राखेपबाट गठन गरिएको छानबिन कार्यदलको रिपोर्टका आधारमा प्राप्त निर्देशनका विषयमा छलफल हुनेछ । त्यसैगरी पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ ।
क्यान आफैँले आयोजना गरेको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको, खेलाडीले पूरा पारिश्रमिक नपाएको, पुरस्कार रकम नपाएको, क्यानले पाउनुपर्ने रकम नपाएको, फिक्सिङमा व्यवस्थापनकै व्यक्ति संलग्न रहेकोजस्ता घटना बाहिर आएपछि पोखरामा बस्ने केन्द्रीय कार्यसमितिको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।