Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पूर्व प्रेमिकाको जन्मदिनमा सलमान : सामूहिक तस्विर र भिडियोको चर्चा


सारांश

पूर्व प्रेमिकाको जन्मदिनमा सलमान : सामूहिक तस्विर र भिडियोको चर्चा
images

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान बुधबार साँझ आफ्नी पूर्व प्रेमिका तथा सहकर्मी कलाकार संगीता बिजलानीको जन्मदिनको पार्टीमा सहभागि हुँदा निकै रोमान्टिक देखिएका छन् ।

मुम्बई बान्द्राको एक रेस्टुरेन्टमा पुग्दा उनी ठूलो सुरक्षा घेरामा थिए ।

सलमान कालो टि–शर्ट र जिन्समा अनौपचारिक रूपमा सजिएर कार्यक्रम स्थलमा पुग्दा शुभेच्छुकहरुबाट पनि घेरिएका थिए ।  आफ्नो फिट शरीर र नयाँ कपालको रंगमा उनी निकै रोमान्चक देखिएका थिए ।

उक्त कार्यक्रमका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। एउटा क्लिपमा सलमानले पापाराजीका लागि पोज दिँदै गम्भीर अभिव्यक्ति देखाएका छन्।

यद्यपि, कार्यक्रम स्थल बाहिर पर्खिरहेको एक युवा प्रशंसकलाई देखेपछि उनको व्यवहार चाँडै परिवर्तन भएको थियो । बच्चाहरुसँग फोटो खिच्दा, कुराकानी गर्दा, उनको अनुहार उज्यालो भएको देखियो।

पार्टीमा सहभागी अभिनेता अर्जुन बिजलानीले धेरै तस्विरहरु सेयर गरेका थिए जसको एउटा तस्बिरमा उनी आफ्नी श्रीमती संगीता र सलमानसँग पोज दिइरहेको देखिन्छ।

बलिउडमा आफ्नो सुरुवाती वर्षहरूमा, सलमान र संगीताको भेट टिभी विज्ञापनको सेटमा भएको थियो। सोहीबेला उनीहरू प्रेममा परेको र धेरै वर्षसम्म डेटिङ गरेका थिए ।

९० को दशकमा यो जोडीले विवाह गर्ने तय पनि गरेका थिए तर अन्ततः विवाह रद्द भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij