Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

हटाइयो एटीएम प्रयोग गर्दा निःशुल्क एटीएम प्रयोग गर्दा निःशुल्क पाउने सुविधा


सारांश

हटाइयो एटीएम प्रयोग गर्दा निःशुल्क एटीएम प्रयोग गर्दा निःशुल्क पाउने सुविधा
images

काठमाडौं । एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा निर्देशिका जारी गर्दै  २० रुपैयाँ शुल्कलाई नेपाल राष्ट्र बैंकले १५ बनाएको छ ।

अर्को बैंकबाट रकम निकाल्दा यसअघि हरेक महिना दुईपटकसम्म शुल्क नलाग्ने व्यवस्था थियो । त्यसपछि प्रत्येकपल्ट २० रुपैयाँ शुल्क लाग्ने गर्थ्यो । राष्ट्र बैंकले अब पाँच रुपैयाँले शुल्क घटाएर निःशुल्कको सुविधा हटाएको हो ।

राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि, बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था थियो । त्यसलाई बढाएर प्रतिदिन दुई लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था गरिएको छ ।

एउटा मोबाइल वालेटबाट दिनमा २५ हजार पठाउने सीमालाई बढाएर ५० हजार पुर्‍याइएको छ । क्यूआर कोडबाट तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij