सारांश
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले ग्राहकलाई दुःख दिन नहुने बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक नेपालले आयोजना गरेको `अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम´मा बोल्दै गभर्नर अधिकारीले बैंकले ग्राहकलाई अप्ठेरोमा पार्न नहुने बताएका हुन् ।
"बजारमा बैंकले दुःख दिए भन्ने कुरा आएको छ । यो अवस्थामा सबैलाई समस्या छ । यसमा बैंकहरूले पनि बुझिदिनुपर्यो," उनले भने, "हामीले पनि पटकपटकको छलफलमा पनि भनेका छौँ । एक त्रैमासमा ऋण असुल नभए सूचना निकालिहाल्नु पर्दैन ।"