Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सुनचाँदीको मूल्य बढ्यो


सारांश

सुनचाँदीको मूल्य बढ्यो
images

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।

बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij