Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एलिनाका पूर्वपति विष्णु सापकोटाको विज्ञप्ति- चरित्रहत्याविरुद्ध कानूनी प्रक्रियामा


सारांश

एलिनाका पूर्वपति विष्णु सापकोटाको विज्ञप्ति- चरित्रहत्याविरुद्ध कानूनी प्रक्रियामा
images

काठमाडौं । गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले गर्दा आफू मानसिक पीडाबाट गुज्रिएको बताएका छन् ।

सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै आफूहरू सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याएको उनले जनाएका छन् ।

दुबै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्ने उनको भनाई छ ।

‘अलग बसेको लगभग १ वर्ष र सम्बन्धविच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिले पुराना विषयहरू सामाजिक संजालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्‍याइरहेको छ’ उनले लेखेका छन् ।

सापकोटाले मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित अस्ट्रेलियामा कानूनी प्रक्रिया अघि बढाइसकेको उनले उल्लेख गरेका छन् ।

518567766_24214976818136570_8854616126838817195_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij