Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गायक राजेशपायल राई र पूर्वपत्नीबीच मिलापत्र


सारांश

गायक राजेशपायल राई र पूर्वपत्नीबीच मिलापत्र
images

काठमाडौं । गायक राजेशपायल राई र उनकी पूर्वपत्नी साङबुङ राईबीच प्रहरीमा मिलापत्र भएको छ ।

साङबुङले तीनकुने वृत्तमा राजेशपायलविरुद्ध उजुरी लिएर गएपछि प्रहरीले दुवैलाई राखेर मिलापत्र गराएको हो । मिलापत्रपछि दुवैले एक-अर्काको जीवनमा हस्तक्षेप नगर्ने र झैझगडा नगर्ने प्रतिवद्धता जनाएका छन् ।

केही दिनअघि साङबुङ र राजेशपायलबीच विवाद भएको थियो । राजेशपायलको अनामनगरस्थित घरमा बच्चा लिन जाँदा जाँदा राजेशपायलले आफूलाई दुर्व्यवहार गरेको आरोप साङबुङले लगाएकी थिइन् ।
 
राजेशपायलको भने आफू स्वयम् पूर्वपत्नीबाट पीडित बनिरहेको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij