सारांश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने स्थिति बनेको बताएका छन् ।
माओवादी पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका हुन् ।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारबाटै बाहिरिने स्थिति छ’, प्रचण्डकाे बैठकमा भनाइ उदृत गर्दै एक नेताले भने ।