सारांश
काठमाडौं । एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करण पर्यटकीय राजधानी पोखरामा हुने भएको छ ।
नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा प्रत्येक वर्ष हुँदै आएको यो अवार्ड भदौ अन्तिम साता पोखरामा हुने भएको हो ।
मञ्चले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अवार्डको २२औँ संस्करण भदौ २९ गते हुने जनाएको हो । अवार्डमा १० विधा समावेश गरिएको मञ्चका महासचिव अञ्जन खड्काले बताए ।