Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

को हुन् पहिलो पटकमै बलिउड हल्लाउने ‘सैयारा’का कलाकार आहान र अनिता ?


सारांश

को हुन्  पहिलो पटकमै बलिउड हल्लाउने ‘सैयारा’का कलाकार आहान र अनिता ?
images

एजेन्सी ।  बलिउड चलचित्र ‘सैयारा’बाट अभिनय क्षेत्रमा प्रवेश गरेका अहान पाण्डे प्रसिद्ध अभिनेता चंकी पाण्डेका भाइ चिक्की पाण्डे र फिटनेस कोच डायन पाण्डेका छोरा हुन् । २७ वर्षीय अहानले अभिनयमा प्रवेश गर्नुअघि केही सिनेमा र वेब सिरिजमा सहायक निर्देशकको रूपमा पर्दा पछाडि काम गरिसकेका छन् ।

‘सैयारा’का निर्माता आदित्य चोपडाले निर्देशक मोहित सुरीलाई चलचित्रमा अहानलाई कास्ट गर्न सुझाव दिएका थिए । सुरुमा मोहित सुरीले अहानलाई मुख्य भूमिकाको लागि उपयुक्त ठानेनन् । तर केही समय सँगै बिताएपछि उनी यस रोमान्टिक कथाको लागि अहान सही अनुहार भएकोमा सहमत भए ।

अनित पड्डा- उनले दुई वर्षअघि रिलिज भएको वेब सिरिज ‘बिग गल्र्स डोन्ट क्राइ’मा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्, जसको लागि उनको कामको अत्यधिक प्रशंसा भएको थियो । उनले यसअघि रेवती निर्देशित र काजोल अभिनीत सिनेमा ‘सलाम वेंकी’मा सानो भूमिका निर्वाह गरिसकेकी छिन् । तर, ‘सैयारा’ उनको मुख्य अभिनेत्रीको रूपमा पहिलो चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij