Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गायक आशिष सचिनले चीनको ग्वान्जाओमा दिए प्रस्तुती


सारांश

गायक आशिष सचिनले चीनको ग्वान्जाओमा दिए प्रस्तुती
images

काठमाडौँ । गायक आशिष सचिनले चीनको  ग्वान्जाओमा एक विशेष प्रस्तुती दिएका छन् ।

एनआरएनए चीनको नवौँ राष्ट्रिय महाधिवेशनको अवसरमा आइतबार गोन्जाओमा आयोजिक भव्य समारोहकाबिचमा गायक आशिषले एनआरएनएका सयौँ प्रतिनिधिहरुका माझमा आफ्ना चर्चित गीतहरु दाह्री फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, पानी बादलु र छमक छमक तेरी पाउजु लगायतमा प्रस्तुती दिएका  हुन्  ।

निर्वाचनको माहोलमा गायक आशिष सचिनले  भिन्नै  रौनकता छरेका थिए । कार्यक्रममा उनको सर्वाधिक रुचाइएको लोकप्रिय गीत दाह्री फूल्यो  वैँशमा‘गाउँदा दर्शकले वान्स मोर भन्दै हुटिङ  गरेका थिए ।

एनआरएनए चीनको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा मुकुन्द ढकाल निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रम सफल भएको निवर्तमान अध्यक्ष निर्मल शर्मा चौलागाईले जानकारी दिए ।

चौलागाईले नयाँ कार्यसमितिलाई समेत कार्यकालको सफलताको कामना गरेका थिए ।  कार्यक्रमको  प्रमुख अतिथिका रुपमा गोन्जाओका महाबाणिज्यदुत भरत खनाल रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij