Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

माग्ने बुढा’ले गरे ज्ञान विराट महायज्ञमा पुगेर आर्थिक सहयोग


सारांश

माग्ने बुढा’ले गरे ज्ञान विराट महायज्ञमा पुगेर आर्थिक सहयोग
images

काठमाडौँ । लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढाले पशुपतिमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा पुगेर  २५ हजार १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । 

सोमबार पशुपतिमा आयोजित महायज्ञमा आगामी फिल्म माग्ने राजा प्रवर्धनका लागि पुगेका माग्ने बुढाले उक्त रकम सहयोग गरेका हुन् । 

महायज्ञमा माग्ने राजाको यूनिटका अन्य कलाकारहरु अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिना पनि पुगेका थिए । मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो ।

यसअघि गत शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि महायज्ञमा पुगेर  ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

महायज्ञमा यसअघि पल शाह, रमेश उप्रेती, सरोज खनाल लगायतका कलाकारहरु पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij