सारांश
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।
सो पार्टीको आईतवार सम्पन्न केन्द्रिय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिना भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो ।
त्यसका लागि आगामी जेठ महिना पार्टीको स्थानिय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरु सम्पन्न गर्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।