Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नाइमा नेपाल मोबिलिटी एक्स्पो सोमबारसम्म चल्ने


सारांश

नाइमा नेपाल मोबिलिटी एक्स्पो सोमबारसम्म चल्ने
images

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन(नाइमा) ले आयोजना गरेको नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सोमबार(भोलि)सम्म चल्ने भएको छ ।

गत बुधबारदेखि सुरु भएको एक्स्पो आइतबार नै समापन हुने पूर्वनिर्धारित तालिका भएपनि दर्शकको उत्साहजनक उपस्थिति र प्रदर्शकको मागका आधारमा अवधि थप गर्ने निर्णय गरेको हो।

एक्सपोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता छ । एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक भएका छन् । 

एक्सपोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी भएको थियो ।  ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान आयोजकको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij