Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सिटिजन्स बैंकको नाफा दुई प्रतिशतले घटयो


सारांश

सिटिजन्स बैंकको नाफा दुई प्रतिशतले घटयो
images

काठमाडौं । सिटिजन्स बैंकको नाफा दुई प्रतिशतले घटेको छ ।

बैंकले अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्षको चौथो त्रैमाससम्म २ प्रतिशत कम खुद नाफा गरेको हो ।

बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ अबै ३२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोड रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको कारण नाफा घटेको हो । बैंकको वितरणयोग्य नाफा भने ६१ करोड ३२ लाख रुपैयाँबाट बढेर ७७ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

निक्षेप संकलन १२ प्रतिशतले र कर्जा प्रवाह ११ प्रतिशतले बढेको छ । निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशतबाट ४.९४ प्रतिशत पुगेको छ ।

हाल बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी, जगेडा कोष ७ अर्ब ४० करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी (भ्एक्) ८ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij