सारांश
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा कांग्रेसले जसरी पनि जित्नुपर्ने बताएका छन ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा न्यायलयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले पत्रकार सम्मेलन गरेर संचार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सैह्य नहुने बताएका हुन् ।