सारांश
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको दिनमा जय नेपाल र लालसलाम एकैठाउँमा आएको बताउँदै अबको निर्वाचनमा पनि मिलेर अघि बढ्न कार्यकर्तालाई सुझाव दिएका छन् ।
गोरखामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा सुरुमै उनले जय नेपालबाट सुरु गरेका थिए ।