Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सुनचाँदीको मूल्य बढ्यो


सारांश

सुनचाँदीको मूल्य बढ्यो
images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  बुधबार तोलामा २ हजार ३ सय २५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर २३ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij