सारांश
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ग्लोबल समितिका कोषाध्यक्ष कुलराज थापा सम्मानित भएका छन् ।
युनाईटेड नेसन्स इन्टनेशनल युथ डे २०२५ को अवसरमा भएको कार्यक्रममा थापा एम्बेसडर फर पिस अवार्ड बाट सम्मानित भएका हुन् ।
इनासमा रहेर नेपाली कला, भाषा, चलचित्र, गीत-संगीत र संस्कृतिको प्रबर्द्धन र संरक्षणमा उल्लेखनीय योगदान गरेकोमा थापालाई सम्मान गरिएको हो।
सम्मानित भएपछि सारांशलाई संक्षिप्त प्रतिक्रिया दिंदै थापाले अत्यन्त गर्व र सम्मानको अनुभूति भएको बताए।
साथै शब्द, संगीत, कर्म र व्यवहारमार्फत समाजमा सकारात्मक ऊर्जा फैलाउने राम्रो माध्यम पनि भएको उल्लेख गरे।
कार्यक्रमको उद्देश्य युवाको नेतृत्व, शान्ति र सामाजिक सद्भावको सन्देश फैलाउनु रहेको आयोजक गीतकार तथा युनिभर्सल पीस फेडेरेसन साउथ एसियाका क्षेत्रीय निर्देशक प्रकाशबाबु थापाले बताए ।