Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य


सारांश

प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य
images

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१-८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ ।

यस बिचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । 

नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१-८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए ।

उनका अनुसार सञ्चालन खर्च, ब्याज खर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१-८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।

शाक्यका अनुसार, प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१-८२ मा देशभर ५९५ घण्टा विद्युत ट्रिप भएको जनाएको छ ।

आगामी वर्ष यो संख्या घटाउने लक्ष्य लिँदै प्राधिकरणले ट्रिपको मात्रा कम्तीमा १० प्रतिशतले घटाइने जनाएको छ । उनले भने, ‘गत वर्ष २०८१-८२ मा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको थियो ।

 जुन यो वर्ष घट्ने क्रममा रहेको छ । घटिमा १० प्रतिशत जति ट्रिप कम गरी विश्वसनियता बढाईने छ । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij