Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनौट सुरु


सारांश

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनौट सुरु
images

बागमती । मकवानपुरको बागमती गाउँपालिकाले  फुटबल एकेडेमी सञ्चालनको लागि खेलाडी छनौट सुरु गरेको छ ।

आइतबारदेखि वडा नम्बर ४ स्थित सहिद स्मृति रंगशालामा खेलाडी छनौट सुरु गरेको हो ।

आइतबार वडा नम्बर ४ र ५ नम्बरका खेलाडीहरु छनौट गरिएको छ । भदौ ८ गतेसम्ममा सबै वडाको खेलाडी छनौट गरिने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए ।

सबै वडामा छनौट पश्चात् अन्तिम चरण छनौट गरेर एकेडेमीमा राखेर व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्ने उनले बताए । यस्तै एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले सरकार र एन्फाबीचको सहकार्य स्थानीय तहबाट भएकोमा खुशी व्यक्त गरे । उनलाई एकेडेमी सञ्चालनका लागि एन्फासँग सहकार्य गर्ने बताए ।

मुख्य प्रशिक्षक मेघराज केसीको टिमले खेलाडी छनौट सुरु गरेको छ । राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आइरहेको बागमतीले अब व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्ने गरि एकेडेमी सञ्चालनको तयारी थालेको हो । 

छनौट भएका खेलाडीहरुलाई बागमती–८ स्थित एकेडेमी भवन राखेर प्रशिक्षण गराउने गाउँपालिकाले तयारी गरेको छ ।

खेलाडी छनौट कार्यक्रममा एन्फा केन्द्रीय सदस्य टीकाराम लामा, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, सदस्य आलोक स्याङ्तन, बागमती–४ का वडाध्यक्ष दन्तलाल माझी, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर थिङ, उपाध्यक्ष मुक्ति लामा र बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij