Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सुनचाँदीको मूल्य घट्यो


सारांश

सुनचाँदीको मूल्य घट्यो
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको  १ हजार २ सय रुपैयाँले घटेको हो । 

सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । सोमबार २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij