Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पितृप्रति श्रद्धा अर्पण गर्न आज गोकर्णेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिड


सारांश

पितृप्रति श्रद्धा अर्पण गर्न आज गोकर्णेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिड
images

काठमाडौं । आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो लागेको छ ।

आज बुबाको मुख हेर्ने दिनमा आफ्नो बुबा नहुनेहरुले विभिन्न पवित्र स्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। पितृप्रति श्रद्धा अर्पण गर्न कै लागि भनेर गोकर्णेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ ।

भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले पनि उक्त मन्दिरमा भिड लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij