Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

एक रनको हारसँगै नेपालको टप एन्ड टी–२० यात्रामा पूर्णविराम


सारांश

एक रनको हारसँगै नेपालको टप एन्ड टी–२० यात्रामा पूर्णविराम
images

काठमाडौं । पाकिस्तान साहिन्ससँग एक रनको झिनो हार बेहोरेसँगै अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालको यात्रा समाप्त भएको छ ।

शुक्रबार डार्विनमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो । 

नेपाललाई अन्तिम ओभरमा सात रनमात्र आवश्यक थियो । तर, अन्तिम ओभरमा दुई विकेट गुमाएर पाँच रनमात्र बनाएपछि नेपालले हार खेपेको हो । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।

यो हारसँगै नेपालले ६ खेल खेल्दा दुई जित र चारसहित प्रतियोगिता टुंग्याएको छ । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । 

नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो । पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगाड्र्सलाई ३३ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij