सारांश
काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट विजय लामामाथि छानबिन थालिएको छ । तत्कालका लागि उनलाई विमान उडानमा रोक लगाइएको छ ।
उडिरहेको विमानको ककपिटमा अनुमतिबिना भिडियो अन्तर्वार्ता दिएपछि उनी छानबिनमा तानिएका हुन् । नेपाल नागरिक उड्डन प्राधिकरणले उनीमाथि छानबिन गरिरहेको छ ।
उनलाई विमान उडानमा रोक लगाइएको हो । छानबिन प्रतिवेदन नआउँदासम्म उडानमा रोक लगाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
प्राधिकरणले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानपछि निर्णयमा पुगिने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।