सारांश
एजेन्सी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले सन् २०१९ पछि एकै खेलमा ह्याट्रिकसहित चार गोल गर्दा करिअरकाे ६१औं ह्याट्रिक पूरा गरेको छ ।
साउदी प्रो लिगमा घरेलु टोली अल वेहदामाथि ४–० को फराकिलो जित निकाल्दा अल नासरका रोनाल्डोले सबै चार गोल गरेका हुन् । रोनाल्डोले अल नासरका लागि पहिलो तथा आफ्नो करिअरको ६१औं ह्याट्रिक पूरा गरेका हुन् ।
किङ अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियम मेकामा बिहीबार राति भएको खेलको २१औं मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले ५३ मिनेटभित्रै ह्याट्रिक तथा ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि चौथो गोल गर्न सफल भएका थिए ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको अल नासरको १६ खेलबाट ३६ अंक पुगेको छ । एक खेल बढी खेलेको अल सवाव गोल अन्तरमा पछि छ । पराजित अल वेहदा १६ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ ।