सारांश
काठमाडौं । नेपाली राष्ट्रिय यु२० महिला टोलीले साफ यु२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हार बेहोरेको छ । बंगलादेशले तेस्रो पटक च्याम्पियन बन्ने क्रममा नेपाललाई ३-० ले पराजित गर्यो ।
खेलको पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्न सकेन । लिग चरणमा भारतमाथि पुनरागमन जित शासिल गरेको नेपालले फाइनलमा भने त्यसलाई दोहोर्याउन सकेन ।
राउन्ड रोविनका आधारमा भएको च्याम्पियनसिपमा शीर्ष २ टोलीबीच फाइनल भिडन्त भएको थियो । बंगलादेश अपराजित रहँदै फाइनलमा पुगेको हो भने नेपालले ३ मध्ये २ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो ।