Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चलचित्र ‘कुमारी’ निर्माणको घोषणा, दिनेश राउतले निर्देशन गर्ने


सारांश

चलचित्र ‘कुमारी’ निर्माणको  घोषणा,  दिनेश राउतले निर्देशन गर्ने
images

काठमाडौं । निर्देशक दिनेश राउतले चलचित्र ‘कुमारी’ निर्माणको घोषणा गरेका छन् ।

काठमाडौंको टुँडिखेलमा कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको थियो । यो चलचित्रमा मुख्य कलाकार अविषेक खड्का र आकृति राजभन्डारी रहनेछन् । 

चलचित्रमा अविषेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा  कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मा, भूपी लुहारलगायत कलाकारको पनि अभिनय रहनेछ । 

‘आइ एम सरी’बाट निर्देशन सुरु गरेका राउतले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’जस्ता प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेका थिए । बीचमा उनले सोसल ड्रामा ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ चलचित्र बनाए । 

उनी पुनः लभस्टोरी सिनेमा निर्देशनमा नै फर्किएका छन् ।

‘कुमारी’का निर्माता महेन्द्र अधिकारी हुन् । 

चलचित्रको छायांकन यसै हप्तादेखि काठमाडौंमा सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij