Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एस आईबीएस बास्केटबल आजदेखि


सारांश

एस आईबीएस बास्केटबल आजदेखि
images

काठमाडौं । एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) को आयोजनामा एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ ।

प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टिमको सहभागिता रहने आयोजकका बीबीए प्रोग्राम म्यानेजर कौशलराज पौडेलले जनाएका छन् ।

ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

ब्वाइजतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा पहिलो हुनेलाई १५ हजार तथा दोश्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरिने छ ।

पौडेलले प्रतियोगिताको उद्देश्य युवामाझ बास्केटबललाई प्रवद्र्धन गर्नु र खेलाडीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्नु रहेको बताए ।

नेपाल बास्केटबल संघको सहकार्यमा हुने दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij