Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

गोरखामा रात्रिबस दुर्घटना : २१ जना घाइते


सारांश

गोरखामा रात्रिबस दुर्घटना : २१ जना घाइते
images

काठमाडौं ।  काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।

मंगलबार बिहान गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका  डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार बसमा सवार २२ जनामध्य २१ जना घाइते भएका छन् । केही घाइतेहरुको अवस्था गम्भिर छ भने दुई जना घाइतेलाई काठमाडौं रिफर गर्ने तयारी भईरहेको पनि उनले जानकारी दिएका छन् ।

बस बे्रक फेलका कारण अनियन्त्रित भएर रोडभन्दा ४ मिटर तल खसेको पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij