Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सेजनमा भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


सारांश

सेजनमा भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
images

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ साधारणसभाबाट भागवत भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । 

भट्टराईले ११० मत पाए । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा जीवनकुमार बस्नेत निर्विरोध निर्वाचित भए । महासचिवमा कमल बस्नेत १३९ मतसहित विजयी भए । सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा केशु लामिछानेले १३३ मतसहित जित हासिल गरिन् । 

निर्वाचनमा २४६ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij