सारांश
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता खेल तालिका सार्वजनिक गरिएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरेको हो।
आयोजक केपी ओली फुटबल क्लबबाहेक ७ वटा ए डिभिजन क्लबले केपी ओली कपको उपाधिका लागि भिड्ने भएका छन् ।
फागुन ११ गते हुने उद्घाटन खेल नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३:०० बजे सुरु हुनेछ । फाइनलबाहेकका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने बताइएको छ। फाइनल फागुन १७ गते दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख, उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, गोलकिपरले समान ५० हजार, हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।