Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

दुबईले नेपालीलाई भ्रमण भिसा दिन गर्यो बन्द


सारांश

दुबईले नेपालीलाई भ्रमण भिसा दिन गर्यो बन्द
images

काठमाडौँ । दुबईले नेपाली नागरिकलाई भिजिट (भ्रमण) भिसा दिन पूर्ण रूपमा रोक लगाएको छ।

शुभयात्रा ट्राभल्सका सञ्चालक प्रदीप अधिकारीका अनुसार सोमबारदेखि नेपालीहरूले आवेदन दिन सक्दैनन्। युएईले औपचारिक कारण नखुलाए पनि यसअघि भिजिट भिसामा गैरकानुनी बसाइँ, काम खोज्ने र ट्रान्जिटका कारण सुरक्षा चुनौतीको रूपमा लिएको बताइएको छ।

युएईमा हाल ८ लाख नेपाली बसोबास गरिरहेका छन्। अमेरिकाको भिसा भएका नेपालीहरू मात्र दुबई घुम्न जान पाउने छन्। वार्षिक करिब ५० हजार नेपाली घुम्न जाने गरेकोले यसले पर्यटन र व्यवसाय क्षेत्रमा असर पारेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij