Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘नेपो बेबी’ आरोपको श्रृंखलाद्वारा खण्डन : “सेल्फ मेड हुँ”


सारांश

‘नेपो बेबी’ आरोपको श्रृंखलाद्वारा खण्डन : “सेल्फ मेड हुँ”
images

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमार्फत आफूलाई ‘नेपो बेबी’ भन्दै गरिएको आलोचनाको खण्डन गरेकी छन् । भावविव्हल मुद्रामा उनले पिताको राजनीतिक हैसियत दुरुपयोग नगरेको र आफू ‘सेल्फ मेड’ भएको स्पष्ट पारेकी छन् ।

श्रृंखलाले मिस नेपाल बनेपछि ब्रान्डहरूबाट तीन करोड १२ लाख कमाएको र हार्वर्ड अध्ययनमा एक करोड ४० लाख खर्च गरेको तथ्य प्रस्तुत गर्दै, अमेरिकामा पढाइका लागि करदाताको पैसा नभई आफ्नै आम्दानी खर्च गरेको बताइन् ।

लक्जरी जीवन नभई सामान्य परिवेशमै हुर्किएको उल्लेख गर्दै उनले अनावश्यक आरोपलाई ‘बोक्सीको आरोपजस्तै’ भनेकी छन् । लाइक र भ्यूजको दौडमा मानवता हराउँदै गएको भन्दै उनले आलोचकहरूलाई आत्ममन्थन गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij