सारांश
एजेन्सी । स्पेनिस युवा मिडफिल्डर पेड्रीको निर्णायक गोलमा शीर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ।
क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि १–० को झिनो जित दर्ता गर्दै शीर्षस्थानमा ११ अंकको अग्रता बनाएको छ।
आइतबार राति पेड्रीले १८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। बार्सिलोनाले महत्वपूर्ण ३ अंक जोड्यो।
यस जितसँगै शीर्षस्थानको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ११ अंकले पछि पारेको छ। बार्सिलोनाको २१ खेलबाट ५६ अंक पुगेको छ।