Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दशैंमा उपभोक्तामाथि महँगीको मार


सारांश

दशैंमा उपभोक्तामाथि महँगीको मार
images

काठमाडौं । लगातारको पहिरो र भदौ अन्तिम सातादेखिको जेनजी आन्दोलनले आपूर्ति अवरुद्ध भएपछि दशैंअघि उपभोक्तामाथि महँगी थपिएको छ।

नागढुंगा–नारायणगढसहितका सडकखण्ड बन्द हुँदा कालीमाटी बजारमा दैनिक आउनुपर्ने ७ सय टन तरकारी घटेर १८० टनमा झरेको छ।

थोकमा गोलभेँडा, काँक्रो, बोडी, घिउसिमी, हरियो फर्सीलगायत तरकारीको मूल्य ५०–७० प्रतिशतले बढेको छ। प्याज १७ प्रतिशत बढेर प्रतिकिलो ४२ रुपैयाँ पुगेको छ भने खानेतेलमा पनि प्रतिलिटर २५ रुपैयाँसम्म वृद्धि भएको छ।

फलफूल आपूर्ति अवरुद्ध हुँदा व्यापारीले बाटोमै बिग्रिएका फलफूल सस्तोमा बेच्नुपरेको दाबी गरेका छन्। सरकारले अनुगमन भइरहेको र ठूलो मूल्यवृद्धि नभएको बताउँदै सचेतनामूलक कारबाहीमा सीमित छ।

तर, उपभोक्ता अधिकारकर्मीहरूले मूल्य वृद्धि र बिचौलियाको नियन्त्रणविहीनताले जनतामाथि भार बढेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij