काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको पहिलो टी–२० खेलमा ३ रनले पराजित भएको छ ।
कुआलालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनायो । कप्तान विनिफ्रेडले २७, अइना हमिजाले २६ र मास एलिसाले २५ रन जोडे । नेपालकी सोमु विष्टले २ विकेट लिइन् ।
१०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । पूजा महतोले ३० रन बनाइन् भने अन्तिम ओभरमा ७ रन आवश्यक पर्छुन्जेल ३ रन मात्र बनाउन सक्यो ।
मलेसियाकी नुर दानिया स्यादाले ३ विकेट लिइन् । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।
