Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

५०० बिलियन डलर सम्पत्तिका साथ एलन मस्क विश्वकै पहिलो धनी


सारांश

५०० बिलियन डलर सम्पत्तिका साथ एलन मस्क विश्वकै पहिलो धनी
images

एजेन्सी। टेस्लाका मालिक एलन मस्क ५०० अर्ब अमेरिकी डलर सम्पत्तिको आँकडा छुने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।

फोर्ब्स रियल टाइम बिलियनेयर्स लिस्टका अनुसार, अक्टोबर १ मा अमेरिकी बजार बन्द हुँदा मस्कको कुल सम्पत्ति ५०० अर्ब डलर पुगेको थियो । टेस्लाको सेयर ३.३१ प्रतिशतले बढेपछि उनको सम्पत्ति उकालो लागेको हो ।

सूचीमा ओराकलका प्रमुख ल्यारी एलिसन ३५०.७ अर्ब डलरसहित दोस्रो र मेटाका सीईओ मार्क जुकरबर्ग २४५.८ अर्ब डलरसहित तेस्रो स्थानमा छन् ।

हाल मस्कको सम्पत्ति ४९९.१ अर्ब डलरमा झरेको छ । विगत १० वर्षमा उनको सम्पत्ति ३४ गुणाले बढेको फोर्ब्सले जनाएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij