Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द


सारांश

काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द
images

काठमाडौं । भारी वर्षा, बाढी र पहिरोको सम्भावना रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने तथा लामो दूरीका सवारी साधनको आवतजावत असोज १८ देखि २० गतेसम्म बन्द गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार उक्त अवधिमा भारीदेखि अति धेरै भारी वर्षा हुन सक्ने देखिएको छ ।

“संभावित बाढी, पहिरो र डुबानबाट हुन सक्ने जोखिम न्यूनिकरणका लागि कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका सवारी तथा काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द गरिएको हो,” प्राधिकरणले जनाएको छ ।

यस अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, घरमै सुरक्षित बस्न र विपद् सम्बन्धी आधिकारिक सूचना रेडियो, टेलिभिजन, अनलाइन वा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न प्राधिकरणले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij