सारांश
काठमाडौं । नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा छनोट भएको हो।
ओमानमा भइरहेको आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोट प्रतियोगितामा शीर्ष तीन स्थान सुनिश्चित गर्दै नेपालले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो।
पहिलो पटक सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको नेपालले दोस्रो पटक सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा सहभागिता जनाएको थियो।