Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

एन्फा महासचिव किरण राई निलम्बन, दामोदर भट्टराई कार्यवाहक महासचिव नियुक्त


सारांश

एन्फा महासचिव किरण राई निलम्बन, दामोदर भट्टराई कार्यवाहक महासचिव नियुक्त
images

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन् ।

राईले संघको विधान, विधि र पद्धति विपरीत कार्य गरेको आरोप लगाउँदै आइतबार खड्काले उनलाई निलम्बन गरेका हुन् । कार्यवाहक अध्यक्ष खड्काका अनुसार राईलाई यसअघि सोधिएको स्पष्टीकरणको जवाफ नदिएकाले अर्को कार्यसमिति बैठकसम्मका लागि उनलाई निलम्बन गरिएको हो ।

एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

“साधारणसभा र कार्यसमितिको म्याण्डेटलाई बेवास्ता गर्दै नियमविपरीत काम भएकाले महासचिव राईलाई निलम्बन गरिएको छ।”

राईको निलम्बन अवधिसम्मका लागि सहायक महासचिव दामोदर भट्टराईलाई कार्यवाहक महासचिव तोकिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij