Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मन्त्रालयमा हुने बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय


सारांश

मन्त्रालयमा हुने बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय
images

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक (छलफल) लाइभ गर्ने निर्णय गरेको मन्त्रालयका सचिव हरि प्रसाद लम्सालले बताए ।

उनले भने, ‘युवा तथा खेदकुद मन्त्रालयमा पहिलो निर्णयका रुपमा यो मन्त्रालय र सबै निकायका मन्त्रालयबाट हुने बैठकहरुको प्रत्यक्ष प्रसारण गर्ने निर्णय भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij