सारांश
काठमाडौं । ओपनरद्वय जस बटलर र एलेक्स हल्सको उत्कृष्ट ब्याटिङप्रेरित इंग्ल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १० विकेटको सहज जित निकालेको छ । जितसँगै इंग्ल्यान्डले फाइनलमा स्थान पक्का गरेको छ ।
इंग्ल्यान्डले अब उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आउँदो आइतबार हुनेछ ।