Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

काठमान्डुलाई पराजित गर्दै लुम्बिनी क्वालिफायर ‘टु’ मा


सारांश

काठमान्डुलाई पराजित गर्दै लुम्बिनी क्वालिफायर ‘टु’ मा
images

काठमाडौं । लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै सिद्धार्थ बैंक एनपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ। काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीका लागि डार्शी सर्टले ३३, सन्दीप जोराले २३, कप्तान रोहित पौडेलले १८ र निरोशन डिकवेलाले १४ रन जोडे।
काठमाण्डुका सन्तोष यादवले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको काठमाण्डु १९.१ ओभरमा १११ रनमै अलआउट भयो। सन्तोष यादवले २३, जोन सिम्पसन र आदिल आलमले १८–१८ रन बनाए।

अब लुम्बिनीले बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। काठमाण्डु एलिमिनेटरमै बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij