Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा एडिडासको साथ


सारांश

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा एडिडासको साथ
images

काठमाडौं ।  पल्सर स्पोर्टस अवार्ड २०७८ को लागि एनएसजेएफले एडिडाससँग सहकार्य गरेको छ ।

अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि बीच बिहीबार सम्झौता भएको छ ।

मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र रुट्स फेसनको तर्फबाट प्रबन्ध निर्देशक सन्जिव तुलाधरले तीन वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार एडिडासले हरेक वर्ष अवार्डमा १० लाख रुपैयाँ बराबरको सामग्री प्रदान गर्नेछ । अवार्डको १९ औं संस्करण फागुन २३ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij