Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


सारांश

आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन २ हजार ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ ।

गत शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij