Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

भूकम्प : टर्कीमा २२७ घण्टापछि महिलाको जीवितै उद्धार


सारांश

भूकम्प : टर्कीमा  २२७ घण्टापछि महिलाको जीवितै उद्धार
images

एजेन्सी। टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् ।

टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २२७ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जीवितै फेला पारेको भिडियो सार्वजनिक भएको  छ।

त्यसपछि बुधवार टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीया मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij